आजदेखि नयाँ शैक्षिक सत्र सुरु ,असार १५ सम्म विद्यार्थी भर्ना
आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ। कोरोनाका कारण समय तालिका प्रभावित भएकाले दुई महिना ढिला गरी असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो।
कोरोना (कोभिड–१९) संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने बताइएको छ।
असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्ने बताइएको छ। भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गर्नुपर्नेछ। कोरोना संक्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ।
आजदेखि कक्षा १० सम्मका लागि शैक्षिक सत्र सुरु भएको हो। कक्षा ११ को पठनपाठन भने भदौ १ बाट सुरु हुनेछ छ ।
विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई०का विद्यार्थीको आन्तरिक मूल्यांकन कार्य पूरा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ।