राधा पोख्रेल
असार १, तम्घास–गुल्मीमा पछिल्लो २४ घण्टामा ४६ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ३ जना र एन्टीजेन परिक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । मुसिकोट नगरपालीकामा १८ जना, रेसुंगा नगरपालीकामा १२ जना,कालीगण्डकी गाउपालीकामा ८ जना, छत्रकोट गाउपालीकामा ३ जना,सत्यवति गाउपालीकामा २ जना,धुर्काेट गाउपालीका ,रुरुक्षेत्र गाउपालीका र इस्मा गाउपालीकामा १–१ जना गरि ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४घण्टामा ७४ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ३८४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।