तम्घास
असार २ – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गुल्मीमा हेफरले ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। जिल्लाका पाँच स्थानीय तहलाई हेफरले ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
मुसिकोट नगरपालिका, धुर्कोट गाउपालीका , मालिका गाउपालीका , मदाने दगाउपालीका र इश्मा गाउँपालिकालाई १५ लाखका दरले र रेसुंगा नगरपालिकालाई पाँच लाख रुपैयाँ प्रदान गरेको एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले जानकारी दिनुभयो ।
पाँच स्थानीय तहलाई चेक हस्तान्तरण गर्दै हेफरका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले उक्त रकमले कोभिड अस्पताल निर्माण, अक्सिजन सिलिन्डर खरिद, अक्सिमिटर लगायत कीटहरु खरिद गर्न सहयोग पुग्ने बताउनुभएको थियो ।