राधा पोख्रेल
असार ३ , तम्घास–गुल्मीमा पछिल्लो २४ घण्टामा २१ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा १ जना र एन्टीजेन परिक्षण गर्दा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।रेसुंगा नगरपालीकामा ९ जना, कालीगण्डकी गाउपालीकामा ६ जना,छत्रकोट गाउँपालीकामा ३ जना ,रुरुक्षेत्र गाउपालीका, धुर्कोट गाउपालीका र मालीका गाउपालिकामा १–१ जना गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४घण्टामा ९१ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ३१४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।