पाल्पा,
असार ५ – पाल्पामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
ज्यान जानेमा जिल्लाको रिव्दीकोट गाउँपालिकामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर वडा नंम्बर ३ हिरापोखराकी ३५ वर्षीया नीरा विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोबाइल चार्ज गर्ने क्रममा बिहान घाईते भएकी विकको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले बताउनुभएको छ । मोबाइलको पछाडीको भागमा रहेको धातुमा सर्ट हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।