काठमाडौ,
असार ५ – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६९६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६९६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३४ लाख ९०२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप ३४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ ।