गुल्मी,
असार ६ – गुल्मी सदरमुकाम तम्घासमा २३५ जना व्यवसायीहरुको एन्टिजेन परीक्षणमा ३ जनामा मात्रै कोरोना पोजेटिभ आएको छ ।अब तम्घास बजारमा परिक्षणको नतिजा अनुसार निर्णय गरिने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए ।पसलहरु खुल्ने निर्णय भएमा पनि एन्टिजेन नेगेटिभ रिपोर्ट भएका व्यवसायिहरुले मात्र पसल खोल्न पाउने निर्णय बाणिज्य संघले गरेको छ । जिल्लामा निषेधज्ञा यहि असार ७ गते सम्म रहेको छ । कोरोना संक्रमणको दर केहि घटेसँगै जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ ।