राधा पोख्रेल
असार ८ ,तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ४३ जना र एन्टीजेन परिक्षण गर्दा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।गुल्मीदरबार गाउपालीकामा ३६ जना,धुर्कोट गाउपालीकामा १० जना, रेसुंगा नगरपालीकामा ७ जना,रुरुक्षेत्र गाउपालीकामा ४ जना,छत्रकोट गाउपालीकामा २ जना,सत्यवति गाउपालीका, चन्द्रकोट गाउपालीका र मालीका गाउपालीकामा १–१ जना गरि ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४घण्टामा १७ जना निको भएर डिस्चार्ज भएका छन ।जिल्लामा संिक्रय संक्रमित २४१ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।