देउवानिवासमा विपक्षी गठबन्धनको बैठक सुरु
बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
बैठकमा प्रतिनिधिसभा विघटनको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुरु भएको बहस र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बताईएको छ ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता बालकृष्ण खाण, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलगायत नेताहरू सहभागी छन् ।