राधा पोख्रेल
तम्घास,असार १० – गुल्मीमा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा १ जना र एन्टीजेन परिक्षण गर्दा ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । चन्द्रकोट गाउपालीकामा १९ जना, रेसुंगा नगरपालीकामा १२ जना, धुर्कोट गाउपालीकामा ११ जना, कालीगण्डकी गाउपालीकामा १० जना, रुरुक्षेत्र गाउपालीकामा ६ जना,सत्यवति गाउपालीकामा २ जना र छत्रकोट गाउपालीकामा १ जना गरि ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४घण्टामा ४४ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित २६४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउपालीका वडा नम्बर ५ वस्तुकी ६५ वर्षिय महिलाको आज मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९० जनाले ज्यान गुमाएका छन ।