चुरामणि तिमिल्सीना,
रिडि, असार ११ – सत्यवती गाउँपालिका गुल्मीको ९औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । पालिकाका अध्यक्ष पारिश्वर ढकालले आर्थिक बर्ष २०७८-७९ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो। गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम समितिका अध्यक्ष शुवर्ण शाही शेरचनले आर्थिक बर्ष २०७८ – ७९ को बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । सभामा वडाध्यक्ष, कार्यपालिकाका सदस्य, वडासदस्य, शाखा प्रमुख, पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो।
सभाले आर्थिक बर्ष २०७८र७९ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ रआर्थिक बर्ष २०७८र७९ को लागि कूल बजेट ४८ करोड ९२ लाख ४० हजार सर्वसम्मत साथ पारित गरेको छ ।

साथै सभामा उठेका अन्य विषयहरुमा छलफल समेत भई अन्य आवश्यक निर्णयहरु समेत गरिएको थियो। सडक निर्माण, शिक्षामा परिबर्तन स्वास्थ्य , खानेपानी, पर्यटन रोगजारी सचेतना अभियान , अधुरा भवन निर्माण , असहाय बर्गलाइ प्राथमिकता कृषिलाइ विभिन्न कुराहरुमा आत्मनिर्भर लगायतलाई मुख्य केन्द्र बिन्दु बनाइएको पालिकाका अध्यक्ष पारिस्वर ढकालले बताउनु भयो। उहाँले यस निति अनुसारनै काम गर्न आफुहरुमा कुनै दुबिधा नभएको जान्कारिजानकारी दिनुभयो। महिला हिम्सांलाईअन्त्य गर्न विभिन्न तरिकाले महिला हरुलाइ सचेतना जगाउने कार्यक्रम हरु विभिन्न समयमा जनप्रतिनिधिबाट अनुगमन गर्ने कार्यक्रम पनि समाबेश गरिएको उपाध्यक्ष सुबर्ण साही सेर्चनले जानकारि दिनुभयो।

यता प्रमुख प्रशासकिय अधिकृत झविस्वर रेग्मीले पालिकाले निति अनुसार काम गर्दा गाउँमा छोटो समयमा नै बिकास हुने कृषकहरुलाइ आत्मनिर्भर बनाउन सकिने शिक्षक र कर्मचारीलाई सम्मान गर्दा हौसला बड्ने, स्वास्थ क्षेत्रमा निति बनाउदा हरेक रोगबाट मुक्ति गराउन सजिलै सकिने भएकोले सहजताका साथ निति सगै बजेट परिचालन गरिने बताउनु भएको थियो ।