गुल्मी ,
असार ११- गुल्मीको छत्रकोट गाउपालीकाको दशौ गाउसभा सुरु भएको छ । गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तले बिहिबार उद्धघाटन गर्नुभएको सभामा उपाध्यक्ष नर्मदा भण्डारीले नया आर्थिक वर्षको करिब ५२ करोड रुपैयाको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।सोहि अवसरमा वडा नम्बर ६ का वडाध्यक्ष थम्मन ज्ञवालीले ऐननियमहरु प्रस्तुत गर्नुभएको थियो । यस्तै न्यायिक समितिका सदस्य बाबुराम अर्यालले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।प्रमुख प्रशासकिय अधिकृत पुण्य प्रसाद पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।सभावाट निति तथा कार्यक्रम सबैसम्मत रुपमा पारित भएको छ । थप छलफलको लागि अर्को सुचना गर्ने गरि .सभा स्थगित भएको छ ।