पत्रकार सहित विपक्षी पाँच दलीय गठबन्धनको अन्तरक्रिया
विपक्षी पाँच दलीय गठबन्धनको अन्तरक्रिया जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा कार्यक्रम अन्तरक्रिया भएको हो ।
अन्तक्रियामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत विपक्षी दलका शीर्ष नेता सहभागी छन् ।
अन्तक्रियामा सञ्चारमाध्यममा राजनीतिक विषयका पत्रकार सहभागी छन् । विपक्षी गठबन्धनले बिहीबार मात्र सम्पादकहरुसँग सोही हलमा अन्तरक्रिया गरेको थियो ।