गुल्मी ,राधा पोख्रेल
असार १५,तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ४ जना र एन्टीजेन परिक्षण गर्दा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । छत्रकोट गाउपालीकामा ३१ जना,इस्मा गाउपालीकामा १९ जना, सत्यवति गाउपालीकामा ६ जना, मुसिकोट नगरपालीकामा ४ जना ,धुर्कोट गाउपालीकामा २ जना र रुरुक्षेत्र गाउपालीकामा १ जना गरि ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १६ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ३६६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९० जनाले ज्यान गुमाएका छन ।