तम्घास ,
असार १५- गुल्मीमा निषेधाज्ञा असार २२ गतेसम्म लम्बाइएको छ ।जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले असार २२ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ । यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ । थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ । जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।