गुल्मीमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि
गुल्मी ,राधा पोख्रेल
असार १६,तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा २३ जना र एन्टीजेन परिक्षण गर्दा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
रेसुंगा नगरपालीकामा ११ जना,छत्रकोट गाउपालीकामा ११ जना,मुसिकोट नगरपालीकामा ८ जना ,गुल्मीदरबार गाउपालीकामा ८ जना,सत्यवति गाउपालीकामा ६ जना, चन्द्रकोट गाउपालीकामा ६ जना,रुरुक्षेत्र गाउपालीकामा ५ जना,धुर्कोट गाउपालीकामा ४ जना,इस्मा गाउपालीकामा १ जना र कालीगण्डकी गाउपालीकामा १ जनागरि ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १९ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित ४०८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९० जनाले ज्यान गुमाएका छन ।