छत्रकोट गाउँपालिका गुल्मीले कृषक पेन्सन दिने
२२ असार
छत्रकोट गाउँपालिका गुल्मीले कृषक पेन्सन (कृषक प्रोत्साहन) दिने भएको छ ।
दसौं गाउँसभा बाट ऐन र कार्यबिधी सार्वजनिक गर्दै कृषकलाई बर्गिकरण गरि कृषक पेन्सन (कृषक प्रोत्साहन) दिने भएको हो ।
कार्यबिधी अनुसार उत्पादनका आधारमा क, ख, ग, गरि तिन भागमा कृषलाई बर्गिकरण गरिएको छ ।

बार्षिक ३ लाख ४० हजार भन्दा बढी कृषि उत्पादन बाट नाफा कममाउने कृषक लाई ‘क’ बर्गमा राखिने छ ।
मंगलबार एक समारोहका बिच ३१ जना ‘क’ बर्गका कृषकलाई सम्मान गर्दै कृषक पेन्सन (कृषक प्रोत्साहन) प्रदान गरिएको थियो । कार्यबिधी अनुसार मासिक एक हजार रुपैया ‘क’ बर्गका कृषकलाइ प्रदान गरिएको छ ।
बार्षिक ३ लाख ४० हजार भन्दा बढी कृषि उत्पादन बाट नाफा कममाउने कृषक लाई निरन्तर मासिक एक हजार रुपैया प्रदान गरिने छ । उत्पादन र नाफा घटे कृषकले कृषक पेन्सन (कृषक प्रोत्साहन) मा दाबि गर्न पाउने छैनन ।
कृषक पेन्सन (कृषक प्रोत्साहन)का बारेमा जानकारी गराउदै गाउँपालिका अध्यक्ष मधुकृण पन्तले, करिब ५ हजार ४ सय बढी घर धुरी रहेको छत्रकोट गाउँपालिकामा ४ सय १ ब्यवसायिक कृषक बनाउने बताउनु भयो, सुखि र समृद्ध नागरिक बनाउन यस बर्ष कृषिका क्षेत्रमा लगानी बढाउने बताउदै, सुभकामना ब्यक्त गर्नु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले कृषकलाई सुभकामना दिदै अनुगमन नियमनका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रमुख प्रसासकिय अधिकृत पुण्य प्रसाद पौड्यालले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।