चरचरेमा टिप्पर दुर्घटना १ जनाको मृत्यु
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तानसेन बाट चुनढुंगा लिएर बुटवल तर्फ गएको लु २ ख् ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको हो ।
ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गुम्बिर घाईते अवस्थामा उद्धार गरि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास लैजाँदै गर्दा टिप्पर चालक पाल्पा पूर्वखोला गाँउपालिका ५ बिरकोटका २६ वर्षिय सुदिप गैरेको मृत्यु भएको हो । गाडीमा चालक मात्र थिए वा अन्य पनि थिए भन्ने बिषयमा खोजतलास भईरहेको बताईएको छ ।
लगातारको वर्षाले चिप्लो बनेको सडकबाट चिप्लीएर टिप्पर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।