रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सार चौतारामा गोठ र खोर पहिरोमा पुरिए, ६ घर परिवार बिस्थापित भएका छन ।
राती देखिको अबिरल बर्षा संगै अएको पहिरोले यम बहादुर खड्काको १ गोठ र १ खोर पुरिएर एउटा ब्याउने भैंसी बकेर्नो पाडो र १० वटा बाख्रा मरेका छन । घर जोखिममा परे पछि परिवार बिस्थापित भएका छन ।
बलेटक्सार चौताराकै झबिन्द्र खड्का, रनबहादुर खड्का, अर्जुन केशी, छबिलाल ज्ञवाली र इश्वरा ज्ञवालीको घरगोठमा पहिरोको जोखिम बढे पछि अन्यत्र सारिएको वडाअध्यक्ष फर्सुराम ज्ञवालीले बताउनु भयो ।