असार २४
चुरामणि तिमिल्सिना
रिडी
गुल्मिको सत्यवति गाउँपालिका वडा नं १ अस्लेवा चौरमा बिहान पहिरो जादा दुइ घर जोखिममा परेका छन। वडा नं १ का ६० बर्षका लिलाधर पाण्डेको घर, गोठ र ३४ बर्ष की पुनम बिकको घर जोखिममा परेको जनता माध्यमिक विध्यालयका शिक्षक तथा स्थानिय बिष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। गएराति देखि परेको अविरल वर्षाले वडा न१ कै व्याडमिन्टन् खेल मैदानमा पहिरो आउँदा खेलमैदान पुर्णरुपमा क्षति पुगेको पाण्डेले बताउनुभयो। पुनमकै घर माथिबाट हाइटेन्सन लाइन गएकोले घर माथि पोल ढल्ने अबस्थामा रहेकोले उनको परिवारलाई घरमै पुगेर सुरक्षाअपनायर बस्न आग्रह गर्दै सम्बन्धित निकायमा आफुले जानकारी गराएको स्थानिय युवा सन्तोष पाण्डेले बताउनु भएको बाट सहकर्मी ले समाचार पठाउनु भएको छ