चुरामणी तिमिल्सिना
रिडि,असार २६ – गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नम्बर ३ को धुरेल डाडामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।
गाउँपालिकाको सुखी र स्वस्थ नागरिक, समृद्ध गुल्मीदरबार बनाउने अभियान अन्तर्गत गुल्मीदरबार गाउँपालिकाको वडा नम्बरं. ३ को धुरेलडाँडामा १५ शैयाको अत्याधुनिक आधारभुत अस्पताल निर्माण गर्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले बताउनुभयो ।अस्पताल निर्माणको लागि निर्माण व्यवसायी विजय खनालसँग योजनाको सम्झौता पनि शुक्रवार पालिकामा गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो। सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भण्डारी, प्रमुख प्रशासकीय अधिकृत पाण्डे तथा पालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।सम्झौता कार्यक्रममा ठेकेदार खनालले आगामी २ वर्षभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउदै निर्माण पूरा गरेर आफू समाजमा उदारणिय बन्ने व्यक्त गर्नु भयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्झौता कागजात बुझ्दै अस्पताल तोकिएको समयमै तोकिएको मापदण्ड अनुसार सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।