चुरामणी तिमिल्सिना,
रिडि ,असार २८ – गुल्मीको रिडी रुद्रवेनि सडक खण्ड अविरल रुपमा परेको बर्षाले ५ दिन देखि अबरुद्ध बनेको छ।
बाटो खुलाउन पहल गरिरहदा पनि पोखरेबगरमा आएको पहिरोले सडक खुल्न नसकेको स्थानिय अशोक श्रेष्ठले जानकारी दिनुभयो । सडक सन्चालन गर्न सत्यवति गाउँपालिकाका अध्यक्ष पारीस्वर ढकालले जिल्ला प्रशासन कार्यलय , समन्वयको कार्यालय, जिल्ला प्रहरी कार्यलय र छिमेकि पालिका सग समन्वय गरेर कालीगण्डकी करिडोरमा काम गरिरहेका मेसिनको प्रयोग गरी आफै नै बसेर काम गराएको बताउनुभयो ।
आज दिनभरी पानी परेन भने सडक सन्चालन हुन सक्ने अध्यक्ष ढकालले बताउनुभयो। लामो समय सम्म सडक सन्चालन नहुदा अस्लेवा मोचाकोट रुद्रबेनिका स्थानियहरुलाइ समेत पैदल यात्रा गर्न सास्ती भएको जनता माध्यमिक विध्यालयका शिक्षक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।