गुल्मीमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि
गुल्मी ,राधा पोख्रेल
असार ३० , तम्घास
गुल्मीमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा २० जना र एन्टिजेन परिक्षणमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
रेसुंगा नगरपालीकामा १३ जना ,चन्द्रकोट गाउपालीकामा ६ जना,रुरुक्षेत्र गाउपालीकामा ४ जना,इस्मा गाउपालीकामा ३ जना,मुसिकोट नगरपालीकामा २ जना ,गुल्मीदरबार गाउपालीकामा २ जना,छत्रकोट गाउपालीकामा १ जना र धुर्कोट गाउपालीकामा १ जना गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा संक्रिय संक्रमित ४ सय ६८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा ३७ जना डिस्चार्ज भएका छन ।
जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।