३१ असार, ।
आधारभूत तह कक्षा १(३ को एकीकृत पाठ्यक्रम सम्बन्धि ३ दिने अभिमुखीकरण तालीम पाल्पाको रैनादेबी छहरामा सप्पन्न भयको छ १समापन कार्यक्रमको अध्यक्षता रैनादेबी छहरा सामाजिक स्रोत विकास समिति संयोजक बिष्णु पोखरेलको रहेको थियो कार्यक्रममा प्रमुख अतिथी गाउपालिका अध्यक्ष राम बहादुर कार्की ,बिशिस्ट अतिथी प्रमुख प्रसासकिय अधिकृत इन्द्र ब खत्री ,रहनु भएको थियो। यस्तै अतिथिहरुमा भैरब नबदिप माद्यामिक बिधालय ब्यबस्थापन समितीका अध्यक्ष नल ब राना, बिधालयका सहायक प्रधानाध्यापक भोजबहादुर पौडेल ,प्राबिधिक सहायक राजाराम भाट रहनु भयको थियो। असार २८ गते देखि भैरब नबदिप माध्यमिक बिध्यालयमा सुरु भयको कार्यक्रममा ६२ बिधालयका ६८ जना शिक्षक हरुको सहभागीता रहेको थियो । तालिममा प्रशिक्षण, कार्यक्रम को सयोजक तथा प्रशिक्षक जनार्दनपाण्डे ,गोरखनाथ आधारभुत बिधालय छहरा का शिक्षक सुबास पोखरेल र बालबिनोद आधार्भुत बिद्यालयका शिक्षक बिष्णु घिमिरे ले गर्नु भयको थियो । समापन कार्यक्रममा सहभागी शिक्षक को तर्फ बाट बोल्दै चमेली थापा र चन्द्र बहादुर गरम्जा ले तालिम निकै महत्त्वपूर्ण र रोचक भयको र समय धेरै दिनको भय धेरैकुरा सिक्न सकिने कुरा व्यक्त गर्नु भयको थियो यस्तै कार्यक्रमका प्रमुख अतिथी ।गाउपालिका अध्यक्ष राम ब कार्की ले तालिम मा सिकेका कुरा विद्यालयमा गयर लागू गरि सोही अनुरुपको शिक्षण गर्न सकेमा तालिमको औचित्य पूरा हुने जोड दिनु भयो कार्यक्रम को सन्चालन रैनादेबी छहरा गाउँपालिका शिक्षा अधिकृत निसा पान्डे ले गर्नु भयको थियो ।