रामकृष्ण कँडेल
रुरु
सबै मृत्यु गरुँगो हुँदैन तर रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेककि द्वन्द पिडित आमा यमकला ज्ञवालीले गरुँगो मृत्यु वरण गर्नु भएको छ ।
थोर्गा गाउँ यतिवेला बहत्तर वर्षकी द्वन्द्व पिडीत आमा यमकला ज्ञवालीको असामायिक निधनले स्तब्ध मात्र छैन सबैका आँखा आँशुले भरिएका छन ।
तिनै आमाका पत्रकार छौरा कृष्ण अन्जान यति बेला आँशुको आहालमा वेहाल हुनुहुन्छ ।
समयले किन यस्तो खेल खेल्यो रुआमा तपाईँको मातृत्व बिना म कसरी बाचम्ला र रु बलिन्द्र धारा आँशुको भेल मा पत्रकार अन्जान भक्कानिनु भयो ।
आमाको निधन पछि पत्रकार अन्जान सम्हालिन सक्नु भएको छैन ।
आमा यो जुनिमा मलाई छाडेर जानू भयो ,यदि पुनर्जन्म भयो भने लाखौँ जुनि तिम्रै छोरो भएर जन्मिन पाम पिडामा अन्जान भक्कानो छाड्नु हुन्छ ।
जीवनका कठिन दिन हरु बेहोरेकी आमा यमकला ज्ञवालीले हरेक शुख दुख व्यहोर्नु भयो तर शुखका दिन आउने बेलामा दैवले खोस्यो ।
द्वन्द्वले पति भोजराज ज्ञवालीलाई खोसे पछि यमकलाका लागि ठुलो बज्रपात पर्यो । तर पनि शोकलाई शक्तिमा बदल्दै आफुलाई सम्हाल्नु भएकि यमकला ज्ञवालीलाई पछिल्लो पटक खै के शोकले लग्यो रु
कहिल्यै कसैको कुभलो नचिताउने सन्त स्वाभावकी आमा यमकलालाई सधै भत्केको गोठ बनाउन नसकेको चिन्ता थियो जिर्ण घर को मर्मत गर्न नसकेको मा दुखि देखिनुहुन्थो ।
आमा यमकला ज्ञवालीका सपना हरु पूरा गर्न छोरा कृष्ण अन्जान पोखराबाट थोर्गाको च्यूरेक गाउँमा बसाई सर्नु भएको पनि थियो ।
गुल्मीमा ग्रामीण पत्रकारिता गरिरहनु भएका पत्रकार अन्जानले आमाको पीडा सुनाउन यो क्षेत्रका प्रतिनिधि सभाका साँसद प्रदिप ज्ञवाली सँग भेटाउने प्रयासमा हुनुहुन्थ्यो तर यमकला ज्ञवालीका सबै सपना अधुरै रह्यो ।
हो मृत्यु अप्रत्याशित हुन्छ , र आमा यमकला ज्ञवालीले पनि पत्रकार अन्जान लगाएत सिँगो परिवार र गाउँलाई शोकाकुल बनाएर अप्रत्याशित रुपमा सँसार बाट विदा हुनु भएको छ ।
बुधवार रुरुधामको कालिगण्डकी तटमा अन्तिम सँस्कारका लागि पुर्याउँदा लुम्बिनी प्रदेश साँसद कमल राज श्रेष्ठ , रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतम जिल्ला समन्वय समितिका उप प्रमुख तुल्सी श्रेष्ठ नेकपा एमाले रुरुक्षेत्रका ईन्चार्ज हिमाल श्रेष्ठ राप्रपा प्रदेश सदस्य अजित श्रेष्ठ नेकपा एमाले रुरुक्षेत्र १ का अध्यक्ष नवराज विक सचिव चिरन्जिवि ज्ञवाली रुरु १ का वडाध्यक्ष रामलाल एमाओदीका युवा नेता यदु ज्ञवाली नेकपा एमाले जिल्ला कमिटी सदस्य शेषनाराायण पौडेल प्रितम श्रेष्ठ लगाएत दर्जनौँ स्थानिय वासिन्दा अन्तिम श्रद्धाञ्जली का लागि पुग्नु भएको थियो ।
युनिक खवर डट कमका कार्यकारी सम्पादक रुरुएफ एम रुद्रावति एफ एम गुल्मी एफ एम र वि टेलिभिजनका वरिष्ठ सँवाददाता समेत रहनु भएका कृष्ण अन्जानलाई परेको यो मातृवियोगमा हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आमा आमा यमकला ज्ञवाली प्रति हार्दिक श्रद्धाञ्जली ।