राधा पोख्रेल
साउन १० , तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका सिआइसिटि अफिसर सुजन ढकालले जानकारी दिनुभयो । छत्रकोट गाउपालीकामा २ जना, चन्द्रकोट गाउपालीकामा २ जना, गुल्मीदरबार गाउपालीकामा २ जना,सत्यवति गाउपालीकामा १ जना र मुसिकोट नगरपालीकामा १ जनागरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा संक्रिय संक्रमित ३ सय ५६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन ।
जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९१ जनाले ज्यान गुमाएका छन ।