प्रेम सुनार
गुल्मी, साउन ९ । शनिवार बिहान गुल्मीको ईस्मा रामकोट गाउँको सदियौं पुरानो पानी पँधेरमा पुगियो । कति सङलो कुवा , कति चिसो र मिठो पानी पिईयो विहानै । ईस्मा गाउँपालिका–३ , पातल सामुदायिक बनको पुछारमा रहेको त्यस काउलेपानी पँधेरोलाई बैदेशिक रोजगारका लागि कतारमा पुगेका युवाहरुले संरक्षण गरेका रहेछन् ।
सिमेन्टले ढलाई गरेर पँधेरोलाई पक्की र र फराकिलो पार्दै नुहाउन र गाग्रोमा , पानी थाप्नका लागि कुवाबाट पाईप जडान गरि अल तल धारा पनि बग्ने बनाईएका रहेछन् ।
त्यही धारमा त्यहाँ पुग्नेहरुले नुहाई धुहाई गरे । त्यस सामुदायिक वनका अध्यक्ष नरेन्द्र कुँवरका अनुसार त्यस बनले ५ हजार र कतारमा रहेका रामकोटवासीहरुले रकम संकलन गरेरे त्यस पँधेराको संरक्षण गरिएको हो । त्यस पँधेरामा केहि बेर पछि रामकोट कै बासीन्दा सहकर्मी पत्रकार तिलक महत लगायका युवाहरु नुहाउनका लागि आई रहेका थिए ।
कतारमा रहेका रामकोटका रोशन अधिकारी , मोती अधिकारी , रञ्जित कुँवर बाबुराम महत , गोकुल पाण्डे , लक्ष्मी अधिकारी , संजिव कुवँर , किरण अधिकारी , रञ्जित कुँवर र हाल स्वदेश मै आई रहेका ज्योति कुँवर लगायतका दर्जनौंले ब्यक्तिगत रकम उठाएर उक्त पँधेरो संरक्षण गरे पछि पानी थप सिंचित भई गाउँवासीले सुविधा पाउन थालेका हुन् ।
उनीहरुले बाल्पन देखि नहुने पानी ल्याउने उक्त पानी पँधेरो आफुहरुलाई परिवारका सदस्य झै प्यरो भएको र त्यसलाई थप ब्यवस्थित गर्ने समेत बताएका छन् । समाज सेवी कुँवर भन्छन–‘ रामकोट गाउँका झण्डै ५० घरधुरीको सदियौं पुरानो पाानी पँधेरो हो त्यो । हिउँदमा त्यो पँधेर सुके पछि झण्डै एक घण्टाको बाटो आवत जावत गरेर तल तरीखर्क पानी लिन जान्थ्यौं हामी , अहिले त्यसको तल पनि अर्को नयाँ पधेरो बनाएका छौं । ’
ऐतिहासिक थलो संरक्षण हुन सकेन
समाज सेवी कुँवरले त्यस पँधेराको धुरी रामकोट मन्दिरबाट पश्चिम तर्फ निकै सुन्दर र ऐतिहासिक टापु रहेको तर संरक्षण हुन नसकेको गुनासो सुनाए । समुन्द्रि सतह देखि १३ सय मिटर ईचाईमा रहेको थामाको गढी भन्ने स्थान छ ।
त्यहाँ त्यस गढीमा तत्कालिन इस्मा राज्यका राजाहरुले मुसिकोट राज्यको सेना छेक्ने पढी बनाएर सेना तैनाथ गर्ने गर्दथे । त्यति बेलाको भग्नावशेष अहिले पनि छ । जहाँ बेला बेलामा तत्कालिन राज रानी पनि त्यहाँ विश्राम गर्न आउने गर्दथे ।
त्यस स्थान सम्म पुग्ने पदमार्ग लगायतको पर्यटकिय पुर्वधारको पहले गरे उनै समाज सेवी कुँवरले काठमाण्डौ पुगेर मन्त्रालयमा रकम माग पनि गरे । जम्मा पाँच लाग रकम विनियोजित भयो । त्यो रकमले केहि माथी सम्म पदमार्गको काम सुरु गरिए पनि अलपत्र परेको छ । इस्मा गाउँपालिकाको त्यसमा नजर पर्न नसकेको उनको गुनासो छ । त्यस्ती गढी इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको घर माथी मालारानी गौडा भन्ने छ ।
त्यहाँ पनि मुसिकोट राज्यका सेना छेक्ने गौढा बनाएका थिए इस्माले राजाले । त्यो गौढामा भने संरक्षणका लागि लाखौं रकम परेको तर यता वास्तै नगरिएको कुँवर लगायत त्यहाँका समाज सेवीहरुले गुनासो गरेका छन् । ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले भने ति दुबै ऐतिहासिक थलोलाई संरक्षण गर्न जुटिएको स्पष्ट पारे ।
यता मालारामी गढीको ऐतिहासिक अर्चुङ्गकोट गत बर्ष आगो लागे भएर जलेकोले मन्दिर निर्माणका लागि रकम पारिएको र उता रामकोट तर्फको थामाको गढीको संरक्षण गर्न प्रदेश सरकार संग रकम माग गरिएको बताए ।
अध्यक्ष बिष्टले दुबै गढीमा तत्तकालिन सेनाले कटानी पसानी गर्ने ढुङ्गाका ओखल लगायतका भग्नावशेषहरु रहेको र त्यहाँ भ्युटावर निर्माणका लागि डिपिआर गर्न रकम समेत छुट्टाईएको बताए ।