राधा पोख्रेल,
साउन १३ ,तम्घास – गुल्मीमा भएको जिप दुर्घटनामा मृत्यु भएका २ जनाको पहिचान खुलेको छ । चन्द्रकोट ४ का ४५ वर्षका तेजेन्द्र थापा र चन्द्रकोट ५ हरेवाका रेशम कार्की रहेको गुल्मीका प्रहरी नायव उपरिक्षक डिएसपि पुर्षोतम पाण्डेले जानकारी दिनुभयो। जिल्लाको मुसिकोट नगरपलिका ४ दोभान देखि करिब ३ किलो मिटर पर तम्घास आउने बाटोमा सान्तिपुर देखि तम्घासका लागी छुटेको लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना भएको हो । गाडिमा १० जना सवार रहेको र घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइदै गरेको डिएसपि पाण्डेले जानकारी दिनुभयो। घाइतेहरुको पहिचान खुलेको छैन । घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संङख्या बढ्न सक्ने डिएसपि पाण्डेले बताउनुभयो । थप जानकारि आउन बाकी छ ।