राधा पोख्रेल
साउन १३ , तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ७ जना र एन्टीजेन परिक्षण गर्दा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका सिआइसिटि अफिसर सुजन ढकालले जानकारी दिनुभयो । रुरुक्षेत्र गाउपालीकामा १३ जना ,मालीका गाउपालीकामा ७ जना,सत्यवति गाउपालीकामा ५ जना, मुसिकोट नगरपालीकामा ४ जना, रेसुंगा नगरपालिकामा ४ जना, धुर्कोट गाउपालिकामा ३ जना, छत्रकोट गाउपालिकामा १ जना र कालीगण्डकी गाउलीकामा १ जना गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा संक्रिय संक्रमित ३ सय ९४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो २४ घण्टामा ३५ जना डिस्चार्ज भएका छन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९२ जनाले ज्यान गुमाएका छन ।