२० साउन, गुल्मी ।
गुल्मी जिल्लामा साउन २३ गते राति १२ बजेबाट १ हप्ता जिल्लाभर ठप्प हुने गरि लकडाउन गर्ने निणर्य भएको छ । गुल्मीमा पछिल्लो समयमा लकडाउन केही खुकुलो भएसंगै कोरोनाको संक्रमण बढदै जान थालेको छ । उक्त संक्रमणको दरलाई रोक्नका निम्ति लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले बताउनुभयो । उहाँले बिश्वबिद्यालय, लोक सेवा लगायतबाट सञ्चालन भएका परिक्षाहरु स्वास्थ्य मापदण्ड लागू गरी तोकिएको समयमा समेत सञ्चालन हुने बताउनुभयो । त्यसकालागई बिद्यार्थीहरुलाई सहजीकरण गर्ने समेत बताउनुभयो । यस्तै यसपालीको लकडाउनलाई कडाईका साथ पालना गर्न सम्पूर्ण जिल्लाबासीलाई प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गर्नुभयो ।