भदौ २९गुल्मी।
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परिक्षणका क्रममा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाको धुर्कोट गाउपालीकामा ९ जना, इस्मा गाउपालीकामा ४ जना ,सत्यवति गाउपालीकामा १ जना र गुल्मीदरबार गाउँपालिकामा १ जना गरि १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो सोही अवधिमा ८ जना निको भएर डिस्चार्ज भएका छन ।
जिल्लामा संक्रिय संक्रमित ३ सय २४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन ।