कृष्ण अन्जान
रुरु
नेकपा एमालेले आफ्नो जनवर्गीय संगठन अखिल नेपाल किसान महासँघको संगठन सुदृढीकरण र सदस्यता बितरण अभियानलाई टोलटोल सम्म पुर्याउने जनाएको छ ।
महासंघको सम्पन्न गुल्मी जिल्ला स्तरिय भेलाले आम किसान हरुलाई संगठित गर्दै आफ्नो अभियान गाउँ गाउँ टोल टोल सम्म पुर्याउने भएको छ ।
महासंघले असौज दस गते सम्न सबै गाउँ र नगरपालिकामा संगठन विस्तार गर्दै पालिक स्तरको कमिटि गठन गर्ने र मंसिर १० गते भित्र सवै ९३ वडाहरुमा किसान महासंघको वडा कमिटि गठन गरिने भएको छ ।
यसै गरि किसान महासंघका विषयगत कमिटीहरु का साथै उत्पादन समूह पनि गठन गरिने भएको छ ।
हाम्रो अभियान मा किसानका समस्या राज्यबाट आउने अनुदान लक्षित बर्ग सम्म पुगेको नपाईएकोले यसलाई वास्तविक किसान सम्म पुर्याउन किसान जागरण अभियान समेत चलाउने तयारी गरिएको अखिल नेपाल किसान महासंघका प्रदेश सदस्य तथा दुग्ध उत्पादन महासंघका गुल्मी जिल्ला संयोजक रविलाल पन्तले बताउनु भयो ।
सदरमुकाम तम्घासमा आयोजना गरिएको भेलामा सबै पालिकामा अखिल नेपाल किसान महासंघका इन्चार्ज समेत तोकिएको अखिल नेपाल किसान महासंघका प्रदेश सदस्य रविलाल पन्तले जानकारी दिनु भयो