कृष्ण अन्जान
रुरु
धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित रुरुधामको रिडीमा नेपाली काँग्रेसले यहि मँसिर ६ गते करिब पच्चीस सय नेता कार्यकर्ता उतार्ने गरि सम्पुर्ण तयारी पूरा गरेको छ ।
नेपाली काँग्रेसको चौधौँ महाधिवेशनका लागि विभिन्न चरणका अधिवेशनहरु जारि रहँदै गर्दा गुल्मी क्षेत्र १ को रिडीमा नेपाली काँग्रेसले आफ्नो क्षेत्रिय अधिवेशन गर्न लागेको हो ।
क्षेत्रिय सभापति तथा पदाधिकारी लगाएत महाधिवेशन प्रतिनिधि समेत चुनिने क्षेत्रिय अधिवेशनलाई प्रमुख रुपमा लिईएको छ ।
नेपाली काँग्रेसले रिडीमा क्षेत्रिय अधिवेशन गर्ने निर्णय गरे सँगै तयारी शुरु गरेको हो ।रिडी बजारका सबै जसो होटलहरुमा ६ गते विहानका लागि खाना बुक गरिएको छ ।
होटलहरुको क्षमताको आधारमा समानुपातिक रुपले प्रतिनिधिहरुलाई सादा खान खुवाउने तयारी गरिएको खाना व्यवस्थापन समितिका सँयोजक भेषराज कँडेलले जानकारी दिए ।
यसै गरि अधिवेशनलाई लक्षित गरि रिडीबजारमा रहेको रुरु खेल मैदान नजिकै सानाठूला गरि पन्द्र सय सवारी साधन हरुलाई पार्किङको व्यवस्था गरिएको छ ।
उदघाटन सत्रका लागि मन्च व्यवस्था पन टेन्ट लगाएत लगाउने कार्य जारि छ ।
काली गण्डकी सत्यवति चन्द्रकोट रुरुक्षेत्र छत्रकोट गुल्मी दरवार र रेसुँगा नगरपालिकाका ५० वडाका ९ सय एकाउन्न प्रतिनिधिहरुले सोमबार पच्चीस जना महाधिवेशन प्रतिनिधिहरुको भाग्यको फैसला गर्नेछन ।
यतिबेला रिडीबजार क्षेत्रमा नेपाली काँग्रेसको चहलपहल बढेको छ ।नेता कार्यकर्ता र उम्मेदवारहरु रिडी झर्ने क्रम शुरु भएको छ र साँझ सम्म रिडी पुरै काँग्रेस मय हुनेछ ।
पवित्र कालिगण्डकीको तट र धार्मिक स्थल भएका कारणले पनि रिडीले अन्यठाउँको तुलनामा विशेष महत्त्व राख्छ ।
हामीले रिडीको धार्मिक पर्यटनलाई महत्त्वमा राख्दै अधिवेशन आयोजना गरेका हौँ यो अधिवेशनलाई रिडीवासिले मेलाको रुपमा लिएको अधिवेशन आयोजक समितिका सदस्य समेत रहेका रुरुक्षेत्र गाउँ पालिका वडा न १ का पार्टी सभापति अमूल्य श्रेष्ठले बताएका छन ।