गुल्मीको मुसिकोट नगरपालिकामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नंम्बर १ बाँगेस्थित खिख्रा सामुदायिक वनको भीरबाट लडेर २ जनाको ज्यान गएको हो । भीरबाट लडेर गम्भीर घाईते भएका वडा नम्बर १ सिम्लेका मनु सार्की र उनकी श्रीमती ज्ञानु परीयारको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।