चुरामणि तिमिल्सीना / रिडि
गुल्मीको रिडीमा दुई दिन सम्म फरक फरक बिद्यालयमा बिद्यालय आर्युवेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

संस्कृत तथा साधारण माद्यमिक बिद्यालय रिडी गुल्मी र रिडी माध्यामिक बिद्यालयमा कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको रिडी आयुर्वेद औषाधालयकि कबिराज दिक्षा भण्डारीले बताउनुभयो। शुक्रबार सस्कृत माद्यामिक बिद्यालयमा सन्चालन भएको कार्यक्रममा कक्षा ८ देखि १२ सम्म्का बिद्यार्थीहरु , शिक्षक र केही अभिभावकको समेत सहभागीता रहेको थियो।

सुशीला अर्यालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिती गुल्मीकि उप प्रमुख तुल्सि कुमारी श्रेष्ठ प्रमुख अथिती रहनु भएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नबम्र १ का वडाध्यक्ष रामलाल बिकको अध्यक्षतामा कार्यक्रम गरिएको थियो।

यस्तै कार्यपालिका सदस्य भगवती बराल, बिद्यालयका प्रधानाध्यापक मुकेश श्रेष्ठ , शिक्षक कृष्ण भट्टराई लगायतको आथीत्यता रहेको थियो । कार्यक्रममा कबिराज भण्डारीले सहभागीहरुलाइ प्रशिक्षण गराउदै आयुर्बेद्को परिचय, महत्त्व , सेवा प्रबाह, जडिबुटी , योग अभ्यास , सुचना प्रबाह लगायतका विषयमा प्रकाश पार्नु भएको थियो। बिहिवार यस्तै कार्यक्रम रिडी माध्यमिक बिध्यालयमा पनि सन्चालन गरिएको थियो ।