चुरामणि तिमील्सीना / रिडि
कालीगण्डकी कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीको १७ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा सनिबार गरिएको कार्यक्रममा सत्यवति गाउँपालिकाका सामाजिक बिकास समितिका सम्योजक तथा वडा नम्बर १ का वडाध्यक्ष भिमलाल पाण्डे प्रमुख अथिती रहनु भएको थियो। कार्यक्रममा सहकारी अभियन्ता उमनाथ पाण्डे विशिष्ट अथिती रहनुभएको थियो । सन्चालक समितिका सदस्य यज्ञ बहादुर पाण्डेको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्य मुक्तिराम पाण्डे , मिना परियार लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो। सहकारीका अध्यक्ष पाण्डेले वार्षिक प्रतिबेदन , लेखा समितिका सदस्य माधब प्रसाद ढकालले लेखा प्रतिबेदन र कोषाध्यक्ष कृष्ण प्रसाद पाण्डेले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७७र ७८ को २ करोड ८२ लाख बराबरको कारोबार भएको जानकारी गराउनुभएको थियो।

कार्यक्रममा जेष्ठ तर्फबाट लोकनाथ पाण्डे , उत्कृष्ट कृषक खिमलाल पाण्डे , यस्तै एसइईमा सर्वत्कृष्ट अन्क ल्याउने सहकारीका सदस्यकि छोरि निर्मला कुँवरलाई संम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अथिती अध्यक्ष पाण्डेले अबका समयमा सहकारीमा आबद्ध भइ कृषि क्रान्ती नै गर्न सकेमा यहाँको जीवनस्तर सजिलै उकासिने र अन्य नया आयम गर्न पनि प्रेरणा मिल्ने बताउनु भयो।

सनिबार नै हरिहर पाण्डेको अध्यक्षमा नया कार्य समिति समेत गठन भएको छ । जस्को उपाध्यक्षमा तोयनाथ पाण्डे , सचिबमा बिष्णु प्रसाद पाण्डे , कोषाध्यक्षमा कृष्ण प्रसाद पाण्डे , यस्तै लेखा समितिमा माधब प्रसाद ढकाल , र धितो समितिमा मुक्तिराम पाण्डे चयन हुनु भएको छ ।

कार्यक्रमको संचालन् सचिब बिष्णु प्रसाद पाण्डेले गर्नुभएको थियो ।