गुल्मीको छत्रकोट गाउॅपालिका उद्यम विकास शाखाको आयोजनामा छत्रकोट गाउॅपालिका १ हुॅगामा पशुपालन सम्वन्धि एड्भान्स सिप विकास तालिम आज देखि औपचारिक रुपमा सुरु भएको छ।

आ व २०७७/०७८मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन प्रकृया अनुसार व्यवसायिक पशुपालन सम्वन्धि सिप विकास तालिम लिई व्यवसायिक रुपमा आफ्नो पेसारव्यसाय सञ्चालन गरीरहेका उद्यमीहरुको स्तरोन्नति तर्फ व्यवसायिक पशुपालन सम्वन्धि एड्भान्स तालिम प्रदान गर्न लागिएको आयोजकले जनाएको छ।कार्यक्रममा वडा नं १का अध्यक्ष धातानन्द भण्डारीको अध्यक्षता र वडा सदस्यहरु भिमलाल न्यौपाने,टोपा सारु र लक्षिमा विकको आतिथ्यता रहेको थियो।

कार्यक्रममा वोल्दै वडा अध्यक्ष भण्डारीले सो तालिमले उद्यमीहरुलाई आफ्नो व्यवसायको थप विस्तार मा टेवा पुग्ने धारणा राख्दै सवै उद्यमीहरुलाई व्यवसायिक रुपमा पशुपालन गरी आर्थिक उपार्जनको भर्पर्दो आधार वनाउन सुझाव सहित तालिमको सफलताको सुवेक्षा व्यक्त गर्नु भयो।तालिममा जम्मा १०जना उद्यमीहरुको सहभागिता रहेको छ।तालिम अवधि भर छत्रकोट गाउॅपालिकाका पशु प्राविधिक टेक वहादुर खनालले सम्वन्धित विषयमा प्रशिक्षण दिनु हुनेछ।

कार्यक्रमको सञ्चालन छत्रकोट गाउॅपालिकाका उद्यम विकास सहजकर्ता टोप वहादुर खत्री क्षेत्रीले गर्नु भएको थियो।