कृष्ण अन्जान / रुरु
विभिन्न पार्टीका अधिवेशन हरु सम्पन्न भएका छन र केही अधिवेशन हुनेक्रममा छन ।
पछिल्लो समयमा नेकपा एमालेले जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरु छान्दै गर्दा रुरुक्षेत्र गाउँ पालिका वडा न ४ बलेटक्सारबाट जिल्लामै सबै भन्दा कान्छा प्रतिनिधिको रुपमा रन्जित ज्ञवाली छानिएका छन ।
मात्र १७ वर्षका रन्जित नेकपा एमाले निकट अनेरास्ववियुका रुरुक्षेत्रका सह इन्चार्ज समेत हुन ।गत वर्ष स्थानिय ज्ञवा बलेटक्सार माध्यमिक विध्यालय बाट एसईइ परीक्षा उत्तीर्ण गरि कक्षा ११ मा पढदै गरेका रन्जित ज्ञवालीले अनेरास्ववियुको प्रतिनिधित्व गर्दै रुरुक्षेत्र ४ बलेटक्सारबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधित्व गर्ने मौका पाए र सबै भन्दा कान्छा प्रतिनिधि बने ।
सानै देखि कम्युनिस्ट राजनीतिमा आकर्षित ज्ञवाली सामाजिक अभियन्ता समेत हुन ।
कक्षा नौमा पढ्दै जय सरस्वती माता फाउण्डेसनको स्थापना गरि कोभिडले असर गरेका विपन्न समुदायमा खाद्दान्नका बोरा बोकेर सामाजिक उत्तरदायित्वको काममा सँलग्न थिए र दर्जनौं कोभिडले रोजगारी गुमाएका परिवारका लागि खाद्दान्नको जोहो गरिदिएका थिए ।
मुख्यतया सरकारी कर्मचारी , शिक्षक र जन प्रतिनिधिहरुका छोराछोरी सामुदायिक विध्यालयमा पढाउनु पर्छ भन्ने माग दह्रो सँग उठाएका ज्ञवाली यो क्षेत्रको विध्यार्थी आन्दोलनमा राम्रै सँग भिजेको नाम हो ।
राजनीतिलाई सँस्कार युक्त बनाउनु पर्छ भन्ने मान्यता राख्ने रन्जित ज्ञवाली नेकपा एमालेको सबै भन्दा कान्छो अधिवेशन प्रतिनिधिको रुपमा एमाले गुल्मीको नवौ जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्ने छन ।