कृष्ण अन्जान/रुरु
गाउँघरमा गरिने धार्मिक अनुष्ठानहरुमा आवस्यक पर्ने गाईको गहँत र दूध पाउन हम्मेहम्मे हम्मे पर्छ ।
घरघरमा पालिने लोकल गाई लगभग कहिँ कतै भेटिदैनन ।रुरुक्षेत्रको थोर्गा गाउँमा कुनै जमानामा घरघरमा स्थानीय जातका गाई पालिने गरिएको यहाँका वासिन्दा हरु सम्झिन्छन तर जमाना यसरी फेरियो कि धेरै जसोका गोठ रित्ता छन र झार उम्रिएका छन ।पहिलो पहिले गाई गोरु भैँसी बाख्रा सबै बान्कि मिलाएर पाल्ने चलन थियो दिनभरि गाई गोरु चराउन जँगल गईन्थ्यो बरै पुरानो कुरा सम्झेर के गर्नु रुरुक्षेत्र १ का गोपाल ज्ञवालीले बताए हुनपनि चालिसको दशक सम्म थोर्गा गाउँमा धेरैले गाई गोरु पाल्थे ।प्राय च्युरेक ठाढाबाट फल्लेखर्क ठुलापोखरा तिरका घरमा त गोठ भरि गाई गोरु थिए ।बिहान स्थानिय नयाँ पोखरा कोलकाटे झ्वाँले तमेरतुमका जँगल तिर गाईगोरुको लर्को लाग्थ्यो ।जब पचासको दशक शुरुभयो त्यसपछि विस्तारै यो क्षेत्रमा गाउँ छाडेर शहर झर्ने चलन आयो र गाई गोरु पाल्न छाडियो ।
आजभोली त गाउँघरमा लगाईने धार्मिक अनुष्ठानका लागि जजमानले पण्डितलाई नै जसरी पनि गाईको दूध र गहँत व्यवस्थापन गर्न भन्छन त्यसै अनुसार कताकति गाउँमा पालिएका जर्सी गाईको दुध गहुँत र गोबर अड्को पड्को तेलको धुपमा काम चलाउने गरिएको छ ।गाउँघरमा आजभोली धार्मीक अनुष्ठान हरुमा गाई दान पनि हुँदैन र गाईको साटो दाम राख्ने चलन छ।कुनै जमाना थियो छोरी अन्माउँदा , मर्दा पर्दा गाई दान गरेर पठाईन्थ्यो ।
गाउँघरमा रहेका अधिकाँश गाईहरु धार्मिक क्षेत्र तिर लगेर छाडिएपछि त्यस क्षेत्रमा लगेर छाडिएपछि छाडा गाई गोरुको व्यवस्थापन गर्न गौशालाको व्यवस्थापन गरिएको छ तर धार्मिक क्षेत्रमा गाई गोरु छाड्ने प्रवृत्ति अझै नरोकिएको रुरुबाट हाम्रा सँवाददाता कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।