गुल्मी , माघ ७ -गुल्मीको रेसुङ्गा नगरपालिकाका एक जना १२ बर्षीय बालक गत एक महिना देखि बेपत्ता भएका छन् । सो नगरपालिका–९ उपल्लो तम्घास खलाचौरका १२ बर्षीय सुजन बिक गत पुस ७ गते देखि घरबाट बेपत्ता भएका हुन् । उनकी आमा कमला बिक त्यस दिन विहान ९ बजे खान खुवाई स्कुल जानु भनेर काममा हिडिन् ।
उनका दाजु खलाचौरस्थित उपल्लो तम्घास माविमा पढ्ने हिडे तर त्यस दिन उनका भाई सुजन त्यस स्कुलमा आएनन् । त्यस दिन देखि बेपत्ता छोरा हाल सम्म फेला नपरे पछि उनकी आमा आशुको आहलमा छन् ।
उनले जिल्ला प्रहरी कार्यालयमा पनि खोजतलासका लागि निवेदन दिईन । फेला नपरे पछि अन्तिम विकल्प स्वरुप उनले सञ्चार माध्यम गुहारकी हुन् । उनलाई फेला पार्नु हुने महानुभावले उनकी आमाको मोवाईल नम्वर ९८४७०१९१५५ मा सुचित गर्नु वा नजिकको प्रहरी चौकीमा जानकारी गराई दिन अनुरोध गरिएको छ । उनका बाबु कपिल बिक भारतको रोजगारीमा छन् ।