७ माघ, गुल्मी – बजाज कम्पनीले पुरानो मोटरसाइकल सटही गर्ने अफर ल्याउने भएको छ ।
गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता जय सगरमाथा अटोमोवाइल्स प्रालिले पुरानो मोटरसाइकल सटही गर्ने भएको हो । पुरानो मोटरसाइकल सटही गर्ने अफर यहि माघ ९ गतेबाट १४ गतेसम्म सञ्चालन हुने भएको छ । पुरानो मोटरसाइकल सटही मेलामा ग्राहकलाई आकर्षक छुटको योजना ल्याएको बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता जय सगरमाथा अटोमोवाइल्स प्रालिका नारायण जिसीले बताए । पुरानो मोटरसाइकल सटही मेलामा जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएर साटही गर्ने व्यवस्था रहेको छ । सटही गर्न ल्याएका पुरानो मोटरसाइकलको मुल्य बजार मुल्य भन्दा १० हजार बढी मुल्याङकन गरिदिने भएको छ । ५० प्रतिशत डाउन पेमेन्ट गरी फाईनान्समा खरिद गर्दा शुन्य प्रतिशत व्याजदरमा फाईनान्समा गरिने जिसीले बताए । प्रत्येक मोडलका मोटरसाइकल खादिमा हेलमेट, लेगगार्ड, बजाज व्याग सित्तैमा ग्राहकले पाउने जिसीले बताए ।