राधा पोख्रेल/ गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १ सय १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ५९ जनाको परिक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा मालिका गाउपालिकामा ९ जना, रुरुक्षेत्र गाउपालिकामा ७ जना ,रेसुंगा नगरपालिकामा ७ जना, धुर्कोट गाउपालिकामा ४ जना,कालिगण्डकी गाउपालिकामा १ जना, छत्रकोट गाउपालिकामा १ जना, गुल्मीदरबार गाउपालिकामा १ जना , र इस्मा गाउपालिकामा १ जना गरि ३१ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये २२ जना पुरुष र ९ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ४ सय ९९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८ जना कोरोना जितेर निको भएका छन ।