प्रेम सुनार
गुल्मी, माघ १५ । यहि माघ १२ गते राती गुल्मीको सिमलटारी ढावा बजारमा मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते भएका ३१ बर्षीय पदम परियारको अझै होस खुलेको छैन् ।
त्यस दिन राती करिव १० बजेको समयमा ढाबा बजारमा लु ५५ प ७३१३ नम्वरको पल्सर दुर्घटनामा परि गम्भीर घाईते भएका परियारको घर मदाने गाउँपालिका–३ साविक सिर्सेनी गाविसको भुजुङ्गे हो ।
उनि मालिका गाउँपालिका–८ को सिमलटारी बजारमा एउटा मेशिन राखेर कपडा सिलाउँदै एउटी ६५ बर्षीया बृद्धा आमालाई पालेर बस्दै आएका थिए ।
सम्पत्तीका नाममा सानो झुपडी घर शिवाय केहि नभएका परियार दुर्घटनामा गम्घीर घाईते भई सिमलटारी बजारका ब्यापारि तथा समाज सेवीहरुले चन्दा संकलन गरि लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचारका लागि लगेका छन् ।
सिमलटारी बजारका समाज सेवीहरुले करिव १ लाख चन्दा संकलन गरि पठाउनु भएको हो , त्यस सिमलटारी बजार ब्यवस्थापन समितिका अध्यक्ष खड्क नेपालीले भने –‘ म अहिले गम्भीर घाईते पदम परियार संगै छु , अझै होस खुलेको छैन् , उपचार खर्च भएमा उनि खतरामुक्त हुने डाक्टरको भनाई छ । उपचार खर्च दिनको ३० देखि ३५ हजार सम्म लाग्ने गरेको छ । यसर्थ सबै संग सहयोगको अपिल गर्दछौ । ’
बाबुको सानै छाँदा मृत्यु भएको थियो । पदम परियार त्यस घरका कान्छा छोरा हुन् , दुई दाजुहरु एक दशक देखि भारतमा सम्पर्क विहिन छन् । बृद्धा आमालाई दुई दाजुहरुले नहेरे पछि उनै पदमले सिलाउने पेशा गरि पालेका थिए । ‘लगानी नभएका कारण कपडाहरु राख्न सकेको थिएन् , कसैले सिलाई दे भने सिलाउने गर्दै आएका थिए ,– नेपालीले भने–‘ दुई बर्ष अघि वन फिप्टी पल्सर किस्तामा किनेको थियो । केहि दिन अघि किस्ता तिर्न नसकेर बैंकले उसको बाईक तान्न खोजे पछि हामीले रकम खोजेर किस्ता बुझाई दिएका थियौं , दुर्भाग्य त्यसै वाईकले उसको अहिले यो हालत बनाई दिएको छ । ’
सिमलटारी बजारको जिवन टेलर नामक पसल राखेका उनि अविवाहित हुन् । उनको टाउँको बाटा बगेको रगतले घटना स्थलमा पोखरी परेको थियो । एउटा खुट्टा दुई ठाउँबाट भाँचिएको र अप्रेसन गरेर टाउँकोमा जमेको रगत झिकिएको नेपालीले बताए ।
अप्रेशन पश्चात खुट्टा सामन्य चलाए पनि होस खुल्न नसकेका कारण उनको अवस्था अझै चिन्ताजनक रहेको उनी बताउँछन् । उनले समस्त दयालु मनहरुलाई पदम परियार बचाउ अभियान जारि गर्न अपिल गर्दै भने–‘ हामीले सिर्सेनी समाज पेज सञ्चालन गरका छौं , त्यस मार्फत करिव ४५ हजार रुपैयाँ संकलन भएको छ ।’
सहयोगी मनहरुले त्यस मार्फत वा सिधै फोन सम्पर्क गरि सहयोग गर्न सक्नु हुने छ । सम्पर्कका लागि उनै खड्क नेपालीको मोवाईल नम्वर ९८६०५७२४४४ वा कालिका गाउँपालिका कार्य समिति सदस्य पिताम्वर अर्यालको मोवाईलन नम्वर ९८५७०५७९९० दिईएको छ ।