गुल्मी, माघ १६ – स्थानीय सरकार गठन नहुनु अघि जिल्ला स्तरिय संयन्त्रणले हरेक बर्ष सहिद दिवस साझा ढंगले भब्य रुपमा मनाउने गर्दथे । तर स्थानीय सरकार गठन पछि अधिंकास स्थानीय सरकार र राजनैतिकदहरुले समेत त्यसरी बिशेष महत्व दिएर सहिद दिवस साझा ढंगले मनाउन छाडेका छन् ।
पुस १६ गते संघिय सरकारले भब्य रुपमा सहिद दिवस मनाई रहँदा जिल्ला स्तरमा सुनसान रह्यो । त्यस मध्येको एक हो गुल्मी जिल्ला । प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्याल भन्छन्–‘ आज विहान उठ्न बित्तिकै मैले सहिदहरुलाई सम्झेको हुँ । सहिद दिवस मनाउने बारे विहिन्न पक्ष संग कुराकानी गरेको पनि हुँ , अहिले सम्म को कसले सहिद दिवस मनाउँदै छन् भन्ने जानकारी छैन्, कतै जानकारी पाए सुचित गर्नुहोला ।’
जिल्ला समन्व्य समिति प्रमुख लक्ष्मण पराजुलीले यसपाली सहिद दिवस मनाउन नसकिएको बताए । उनले भने–‘ स्थानीय सरकारलाई हामीले सहिद दिवस मनाउ भनेर परिपत्र गर्न मिल्दैन् , आन्तरिक तथा संघिय मामिला मन्त्रालयले परिपत्र गर्ने हो, त्यस्तो परिपत्र पहिला हामी कहाँ पनि आउँथ्यो र मनाईन्थ्यो , अहिले आएन सायद कोभिडको कारणले हाला , त्यसैले मनाइर्एन । ’
सदरमुकाम मै रहेको रेसुङ्गा नगरपालिकाले सहिद दिवस मनायो कि मनाएन ? भनेर हामीले मेयर डिल्लीराज भुसाललाई सोध्धा उनले भने–‘ यसपाली त्यस तर्फ ध्यानै गएन छ ।
आईतबार बिहान नेपाली कांग्रेस गुल्मीका पदाधिकारीको आकस्मिक बैठक बस्यो । त्यस पछि पार्टी कार्यालयमा सहिदहरुको तस्वीरमा माल्याण पनि गरियो ।
सोही बैठकले साँझ नेपाल विद्यार्थी संघको आयोजनामा सहित सम्शेरबहादुर खत्रीको शालिकमा माल्यणपण तथा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिव भगतसिंह खड्काले जानकारी दिए ।
तपाईको पार्टीले मनाए पनि अधिकांस स्थानीय सरकारले भने सहिद दिवस मनाएको पाईएनन नि ? भन्ने प्रश्नमा उनले भने–‘श्हिदहरुको बलिदानले ब्यबस्था परिवर्तन भयो । तर परिवर्तित ब्यवस्थाबाट साशन सत्तामा पुग्ेकाहरुले विगतको बलिदानलाई बिर्सेर सत्ता मोहमा केन्द्रित भएर सहिदहरुलाई बिर्सेको पाईएको छ । ’
उनले सहिदहरु कुनै पार्टी बिशेषको नहुने तर समान धारण बन्न नसकेको तर्क गरे । नेकपा एमाले जिल्ला पार्टी सचिव गणेश श्रीपाली पनि सहिदहरु प्रति समान धारण बन्न नसकेको तर्क गर्छन् । कसैले लखन थापालाई सहिद मान्ने , कसैले दिलबहादुर रम्तेललाई पहिलो सहिद मान्ने त कसैले धर्मभक्त माथेमा सहितका चार जनालाई सहित मान्ने गरेको पाईन्छ । त्यसो नगरी समग्रमा साझा रुपमा सहिद दिवस मनाईनु पर्ने उनको धारण छ ।
नेता श्रीपालीले सहितहरुको निश्चित मापदण्ड बनाईनु पर्ने बताउँछन् । सवारी दुर्घटना वा अन्य घटनामा क्षतिपुुर्ति संग जोडेर घोषणा गरिने सहिदहरुका कारण राजर्नैतिक आन्दोलनमा बलिदानी दिएका सहिदहरुको अवमुल्य हुने उनको धारणा छ । तपाईको पार्टीले सहिद दिवस मनायो ? भन्ने प्रश्नमा उनले भने–‘ जिल्ला मै त मनाईएन तर जहाँ जहाँ पार्टीका कार्यक्रमहरु रहेका छन् त्यही नै सहिदहरु प्रति सम्मान प्रकट गर्ने कार्यक्रमहरु रहेको छ ।
नेकपा माओवादी केन्द्र गुल्मीका पार्टी अध्यक्ष बीरबहादुर काकीले पनि पार्टी कार्यालयमा रहेका सहिदहरुका तस्वीरमा माल्यणपण गरिएको तर बिशेष कार्यक्रम नराखिएको बताए । उनले राजनैतिक परिवर्तनले स्थानीय सरकारलाई हक अधिकार दिलाएको तर गणतन्त्र, संघियता र समावेशी लगायतको परिवर्तन ल्याउनमा बलिदानी दिएका सहिदहरु प्रति स्थानीय सरकारले भुलेको हो कि भन्ने महशुस गरिएको बताए ।
मुसिकोट नगरपालिकाले आज सहिद दिवस मनायो ? भनेर त्यहाँका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालसंग सोध्धा उनले भने–‘ सहिद दिवस बिशेष बेग्लै कार्यक्रम त थिएन तर आज वडा नम्वर ८ मा वर्थिङ्ग सेन्टर उद्घाटन कार्यक्रम थियो त्यही सहिदहरु प्रति सम्मान प्रकट गरियो ।’
गुल्मीका सहिद सम्शेरबहादुर खत्री कै नाति धुर्कोट गाउँपालिकाका उपप्रमुख शिबहादुर केसीले आज साँझ सदरमुकाममा नेपाली कांग्रेसले आयोजना गरेको सहिद दिवस मनाउन आउने बताए । उनले धुर्कोट गाउँपालिकाले सहिद दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगता आयोजना गरेको बताए ।
विभिन्न पालिकाहरु संग फोन मार्फत जिज्ञाषा राख्दा आज आयोजना भएका अन्य विभिन्न कार्यक्रममा सहिदहरुलाई सम्मान प्रकट गरिएको कतिपय पालिकाहरुले बताए पनि कतिपयले विगतको जस्तो उत्साहजनन सहिद बिशेष कार्यक्रम नगरिएको तर सहिदहरुलाई सम्मान प्रकट गरिएको दावी गरेका छन् ।