राधा पोख्रेल /गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ११७ जनाको परिक्षण गर्दा ६१ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा गुल्मीदरबार गाउपालिकामा १३ जना, मालिका गाउपालिकामा १२ जना, रेसुंगा नगरपालिकामा १० जना, छत्रकोट गाउपालिकामा ७ जना, रुरुक्षेत्र गाउपालिकामा ६ जना, धुर्कोट गाउपालिकामा ६ जना, कालीगण्डकी गाउपालिकामा ५ जना,चन्द्रकोट गाउपालिकामा १ जना र मदाने गाउपालिकामा १ जना गरि ६१ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ३१ जना पुरुष र ३० जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ५ सय ४३ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।