राधा पोख्रेल/गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । २ सय ५६ जनाको परिक्षण गर्दा १ सय ३२ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा रुरुक्षेत्र गाउपालिकामा ६४ जना,मालिका गाउपालिकामा १५ जना , सत्यवति गाउपालिकामा १३ जना, छत्रकोट गाउपालिकामा १२ जना,रेसुंगा नगरपालिकामा ९ जना,गुल्मीदरबार गाउपालिकामा ६ जना, कालीगण्डकी गाउपालिकामा ५ जना,चन्द्रकोट गाउपालिकामा ५ जना,धुर्कोट गाउपालिकामा २ जना, र इस्मा गाउपालिकामा १ जना गरि १ सय ३२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ५८ जना पुरुष र ७४ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ सय २९ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।