गुल्मी –
गुल्मीमा एक वृद्धाको शव खोलामा भेटिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेका ८४ वर्षिय खिमान्द गौतमको शव अर्खले खोलामा अर्ध पानीमा भेटिएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भण्टराईले जानकारी दिए ।उनी माघ १८ गते घरबाट हराएको र खोज्दै जाने क्रममा अर्खलेको खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । शवलाई गुल्मी अस्पातालमा पोष्टमार्टम गर्न ल्याइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।