राधा पोख्रे्रल
गुल्मी/२३ माघ
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप १३जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । २२ जनाको परिक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा छत्रकोट गाउपालिकामा ६ जना, मालीका गाउपालिकामा ५ जना, रेसुंगा नगरपालिकामा २ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ७ जना पुरुष र ६ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ३ सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय २१ जना निको भएर डिस्चार्ज भएका छन ।