राधा पोख्रेल/गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ६४ जनाको परिक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा गुल्मीदरबार गाउपालिकामा ८ जना, रेसुंगा नगरपालिकामा ७ जना, मुसिकोट नगरपालिकामा ६ जना, मालिका गाउपालिकामा ५ जना, छत्रकोट गाउपालिकामा ४ जना, धुर्कोट गाउपालिकामा २ जना, रुरुक्षेत्र गाउपालिकामा १ जना र चन्द्रकोट गाउपालिकामा १ जना गरि ३४ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये १५ जना पुरुष र १९ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।