माघ २७/ पाल्पा
पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ पोखराथोकमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ । आगोमा जलेर ७२ वर्षीया गौकुमारी श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो । आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।